सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १५:२७
 सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ

काठमाडौं । गुण्डागर्दीमार्फत अवैध रूपमा सम्पत्ति आर्जन गरेको (सम्पत्ति शुद्धीकरण) अभियोग लागेका मिलन गुरुङ  ‘चक्रे मिलन’ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आठ वर्षअघिको फैसलालाई सदर गर्दै उनीहरूलाई सफाइ दिने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिलन गुरुङ र उनकी श्रीमतीमाथि ७ करोड ८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो । गुण्डागर्दी र असुली जस्ता आपराधिक क्रियाकलापबाट उक्त सम्पत्ति जोडेको विभागको जिकिर थियो ।
यसअघि विशेष अदालतले १० माघ २०७४ मा उनीहरूलाई निर्दोष ठहर गर्दै सफाइ दिएको थियो । तर, विशेष अदालतको उक्त फैसला चित्त नबुझेपछि विभागले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

Advertisement

सर्वोच्चले पनि विशेष अदालतको फैसलामा कुनै त्रुटि नदेखिएको भन्दै सोही निर्णयलाई सदर गरेपछि मिलन गुरुङ दम्पतीले यो मुद्दाबाट पूर्ण रूपमा सफाइ पाएका छन् ।

तपाइको प्रतिक्रिया
देशभर ९७० स्थानमा प्रहरी युनिट स्थापनाको माग
कोशीका उद्योगीले गभर्नर पौडेललाई बुझाए ११ बुँदे सुझाव
मोरङमा लागुऔषधसहित चार जना पक्राउ 
विराटनगरबाट १४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
कोशीमा नयाँ सरकार र सत्ता साझेदारीका लागि संवाद सुरु
नीतिगत सुधारको माग गर्दै वैदेशिक रोजगार व्यवसायीले रोके श्रमिक पठाउने प्रक्रिया
अभिषेक गिरीले यसरी हडपे पेट्रोल पम्प : कारागारबाटै दबाब, ४ करोडको सम्पत्ति पास
 सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
भदौदेखि शिक्षक महासंघको आन्दोलन
भदौदेखि शिक्षक महासंघको आन्दोलन
देउवाविरुद्ध मुद्दा र पक्राउ पुर्जीबारे रेकर्ड हेर्दै प्रहरी
कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन सिइओ शाहसहित ३ जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.