कोशीका उद्योगीले गभर्नर पौडेललाई बुझाए ११ बुँदे सुझाव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १७:०८

विराटनगर । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आर्थिक गतिविधि, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा निजी क्षेत्रको मनोबलमा देखिएको सुस्ततालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष ११ बुँदे नीतिगत सुझाव प्रस्तुत गरेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर पौडेलको कोशी प्रदेश भ्रमणका क्रममा उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेट तथा छलफल भएको थियो। विराटनगरस्थित नेपाल राष्ट्र बैंकको सभाहलमा आयोजित छलफल कार्यक्रममा परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले परिसंघका तर्फबाट आर्थिक तथा औद्योगिक क्षेत्र सुधारका लागि सुझाव प्रस्तुत गरे।

Advertisement

संघले नेपालको आर्थिक गतिविधि, औद्योगिक उत्पादन, रोजगारी सिर्जना तथा निजी क्षेत्रको मनोबलमा देखिएको सुस्ततालाई सम्बोधन गर्न नीतिगत सुधार आवश्यक रहेको जनाएको छ। परिसंघले पहिलो सुझावका रूपमा लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको विश्वास पुनःस्थापना गर्नुपर्ने माग राखेको छ।

त्यस्तै, उत्पादन लागत घटाउन विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर सम्बन्धी व्यवस्था पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ। परिसंघले मूल्यवृद्धि नियन्त्रण गर्दै उत्पादनमुखी अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्ने तथा उत्पादनशील क्षेत्रमा सहज, सुलभ र पर्याप्त कर्जा प्रवाहको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

उद्योग पुनरुत्थान, रोजगारी सिर्जना तथा आर्थिक चलायमानताका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि परिसंघले दिएको छ। स्वदेशी उद्योगको संरक्षण र प्रवर्धनका लागि आयात सीमासम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ। यसैगरी परिसंघले सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच निरन्तर संवादका लागि उच्चस्तरीय स्थायी संवाद संयन्त्र निर्माण गर्नुपर्ने प्रस्तावसमेत गरेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.