फुटबलर लियोनेल मेसीलाई पितृ शोक 

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार २०:१२
फुटबलर लियोनेल मेसीलाई पितृ शोक 

काठमाडौं । विश्व प्रख्यात अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीका बुबा होर्हे मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ ।

लियोनेल मेसीलाई फुटबलको शिखरमा पुर्‍याउन मुख्य भूमिका खेलेका होर्हेले मेसीको खेल जीवन र व्यक्तिगत यात्राको सुरुवाती दिनदेखि नै अत्यन्त महत्त्वपूर्ण अभिभावकको भूमिका निर्वाह गर्दै आएका थिए । मेसीको व्यावसायिक करियरका हरेक मोड, उतारचढाव र सफलतामा उनी सधैँ छायाजस्तै साथमा रहेका थिए ।

होर्हेले मेसीको एजेन्टका रूपमा समेत काम गर्दै आएका थिए । मेसी सानो छँदा हर्मोनको समस्या हुँदा उपचारका लागि अर्जेन्टिनाबाट स्पेन (बार्सिलोना) लैजानेदेखि उनलाई विश्वकै सर्वोत्कृष्ट खेलाडी बनाउनेसम्मको यात्रामा होर्हेको योगदान अतुलनीय रहेको छ ।

मेसीको सफलताको आधार स्तम्भ मानिने होर्हेको निधनले मेसीको परिवार र फुटबल जगतमा ठुलो क्षति पुगेको छ । उनको निधनप्रति विश्वभरका फुटबल प्रेमी र शुभचिन्तकहरूले दुःख व्यक्त गर्दै मेसीप्रति समवेदना प्रकट गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×