भ्रष्टाचार मुद्दा: पूर्वमन्त्री गोविन्दराज जोशीलाई जेल बस्न नपर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार १९:१६

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेल सजाय भुक्तान गर्न नपर्ने भएको छ । विशेष अदालतले ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधा प्रदान गर्दै उनलाई कैद सजायबाट उन्मुक्ति दिने आदेश दिएको हो ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले शुक्रबार बहुमतका आधारमा जोशीको पक्षमा यस्तो फैसला गरेको हो । ७५ वर्ष पूरा भएका जोशीले ७५ प्रतिशत कैद छुटको माग गर्दै असार २४ गते विशेष अदालतमा निवेदन दिएका थिए ।

Advertisement

कानुनी प्रावधान अनुसार ७५ वर्षमाथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशतसम्म कैद छुट पाउन सक्छन् । जोशी यसअघि नै अख्तियारको अनुसन्धानका क्रममा ३ महिना १७ दिन थुनामा बसिसकेकाले बाँकी कैद समयमा छुट दिइएको हो ।

सर्वोच्च अदालतले गत साउन १३ गते जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । विशेष अदालतको पछिल्लो आदेशसँगै अब उनले जरिवाना मात्र बुझाए पुग्नेछ, जेल बस्नुपर्ने छैन ।

कैद छुटको प्रक्रियालाई लिएर न्यायाधीशहरूबीच भने मतभेद देखिएको थियो। न्यायाधीश हेमन्त रावलले कैद छुटका लागि पहिले कारागारमा उपस्थित हुनुपर्ने राय राखेका थिए भने न्यायाधीश द्वय पौडेल र कोइरालाले कारागार नगई पनि छुट पाउन सकिने राय दिएका थिए । बहुमतको रायअनुसार नै जोशीले यो सुविधा पाएका हुन् ।

तपाइको प्रतिक्रिया
बीपी प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा थप व्यवस्थित, नयाँ नियम लागू
मन्त्रीबारे छलफल नै सुरु भएको छैन, भ्रममा नपर्नुस्: राजेन्द्र राई
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.