जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २५, सोमबार १७:१९

विराटनगर । गत वर्ष भदौको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका एक भारतीय कैदी धरानबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा भारतको भागलपुर जिल्लास्थित हबिपुर बस्ने ३२ वर्षीय मोहम्मद सहजादा छन्।

लागुऔषध मुद्दामा पक्राउ परेका साहजादालाई सुनसरी जिल्ला अदालतको २०८२ वैशाख ७ गतेको फैसलाले १ लाख ४० हजार रुपैयाँ जरिबानासहित ३ वर्ष ६ महिनाको कैद सजाय सुनाएको थियो।

Advertisement

अदालतको फैसलाअनुसार सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका उनी गत भदौ २४ गतेको जेनजी आन्दोलनको मौका छोपी फरार भएका थिए।

धरान–७ शान्तिपथमा कोठा भाडामा लिएर धरान, इटहरी र विराटनगर क्षेत्रमा पुनः लागुऔषधको कारोबार तथा ओसारपसार गर्दै आएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका साहजादालाई पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया
मन्त्री बन्ने दौडमा म छैन: इन्द्रबहादुर आङ्बो
इलामका युवकको मलेसियामा मृत्यु, शव ल्याउने तयारी
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
पुष्पलाल स्मृति ब्याडमिन्टन: कोर्टमा प्रिन्स दाहालको अप्रत्याशित हार
जग्गाको कारोबारमा सहजीकरण गर्न माग
महँगी, ग्यास अभाव र मल संकटबारे कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
कोशीमा नयाँ सरकारबारे छलफलः नीति र कार्यक्रममा सहमति, मन्त्रालय भागबण्डा अझै पेचिलो
अभिषेक गिरी र जाहेरवालाबीच सहमति : ८४ लाखको हिसाब, २० लाखमै मिलापत्र
विराटनगर बास्केटबल कपको तयारी पूरा
विराटनगर बास्केटबल कपको तयारी पूरा
एसीसी प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा १४ सदस्यीय टोली घोषणा
उपभोक्ता ठगी गर्ने कोशी ग्याससहित दुई फर्मलाई कारबाही
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.