बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १२:२२

रौतहट। रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मङ्गलवार दिउँसो बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।

स्थानीय १० वर्षीय बालक मोहमद रहमतुल्लाह र सोही उमेरकी बालिका सवनम खातुनको शव बुधबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

Advertisement

घटनास्थलभन्दा करिब पाँच किलोमिटर दक्षिण परोहा नगरपालिका-२ जिङ्गडवास्थित लालबकैया खोला किनारमा करिब २०० मिटरको दूरीमा दुवैको शव फेला परेको हो।

कानूनी प्रक्रिया पूरा गरी ‘पोस्टमार्टम’का लागि प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक प्रमोद खड्का नेतृत्वको टोली घटनास्थलमा खटिएको छ। बेपत्ता रहेका अर्का एक बालकको खोजी कार्य निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.