बाल सुधारगृहसम्बन्धी छुट्टै ऐन बनाउन संसदीय उपसमितिको सुझाव

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १४:२३

काठमाडौं। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गतको उपसमितिले बाल सुधारगृह सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै ऐन र नियमावली निर्माण गर्न सुझाव दिएको छ। सांसद नीनुकुमारी कर्णको संयोजकत्वमा गठित उपसमितिले स्थलगत अध्ययनपछि मूल समितिमा बुझाएको प्रतिवेदनमा हालको कारागार ऐनभन्दा पृथक ‘बाल सुधारगृह (सञ्चालन तथा व्यवस्थापन) ऐन’ जारी गर्नुपर्ने उल्लेख छ।

गत जेठ ११ गते गठित उक्त उपसमितिमा सांसदहरू खिमा विक, भूमिका श्रेष्ठ, साजिदा खातुन सिद्धिकी र सुशीलकुमार कानु सदस्य थिए। भक्तपुर, रुपन्देही र कास्कीका सुधारगृहको निरीक्षणपछि उपसमितिले ती स्थानहरू बालबालिका अनुकूल र मानव अधिकारमैत्री नरहेको निष्कर्ष निकालेको छ। कानुनी रूपमा ‘सुधारगृह’ भनिए पनि भौतिक पूर्वाधारको अभाव, अत्यधिक चाप र न्यून स्रोतसाधनका कारण यी ठाउँहरू कारागार जस्तै बनेको प्रतिवेदनमा जनाइएको छ।

Advertisement

प्रतिवेदनले सुधारगृहमा रहेका बालबालिकालाई उमेर, कसुरको प्रकृति, लैङ्गिक अवस्था र जोखिमका आधारमा अनिवार्य वर्गीकरण गर्न कानुनी व्यवस्था गर्नुपर्ने जोड दिएको छ। विशेष गरी १८ वर्षमुनिका बालबालिका र १८ वर्ष नाघेका वयस्कलाई छुट्टै राख्न तथा गम्भीर र सामान्य कसुरका आधारमा अलग राख्ने बाध्यात्मक व्यवस्था कानुनमै गर्न भनिएको छ।

साथै सुधारगृहभित्रै प्राथमिकदेखि उच्च शिक्षासम्मको अध्ययनका लागि विद्यालय तथा कलेजको व्यवस्था गर्न र शिक्षक दरबन्दी एवं पाठ्यक्रमका विषय शिक्षा ऐनमै समावेश गर्न सुझाइएको छ। दण्ड दिने स्थानका रूपमा नभई बालबालिकाको व्यक्तित्व विकास, व्यवहार सुधार, मनोसामाजिक पुनर्स्थापना र समाजमा पुनः एकीकरण गराउने बालमैत्री केन्द्रका रूपमा सुधारगृहलाई विकास गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ।

तपाइको प्रतिक्रिया
कांग्रेस एकढिक्का हुनेमा नेता कोइराला विश्वस्त
जेलमा आर्थिक लेनदेन रोक्न चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति स्थगित
इँटा उत्पादनमा रोक लगाउने निर्णय खारेज गर्न मन्त्रालयसमक्ष माग
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
हाटखोला-कटहरी सडक खण्ड तत्काल बनाउन परिसंघको ध्यानाकर्षण
नेप्सेमा ७.३७ अंकको गिरावट
कर्मचारीको वैदेशिक भ्रमणमा नियन्त्रण, पूर्वस्वीकृति अनिवार्य
कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा
प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.