सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १६:१९

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक र कर्मचारी धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत मोरङले बुधबार चारै जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । न्यायाधीश शिवप्रसाद खनालको इजलासले सबै जनासँग धरौटी रकम माग गर्दै धरौटीमा मुद्दाको पुर्पक्ष गर्न पाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

Advertisement

उनका अनुसार अदालतको आदेशअनुसार सुन्दरहरैँचा नगरपालिका–१२ का ३३ वर्षीय अविरल मास्के, ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा नगरपालिका–२ का ३० वर्षीय किशोरलाल गच्छदार र झापाको बुद्धशान्ति गाउँपालिका–६ का ३९ वर्षीय भीमप्रसाद नेपाल धरौटी बुझाएर रिहा भएका छन् । अदालतले मास्के, भट्टराई र नेपालसँग जनही १ लाख रुपैयाँ तथा गच्छदारसँग ७५ हजार रुपैयाँ धरौटी माग गरेको थियो ।

अदालतको आदेशलगत्तै चारै जना तोकिएको धरौटी रकम बुझाएर रिहा भएको सूचना अधिकारी बुढाथोकीले बताए । पक्राउ परेकामध्ये मास्के सुकुना माविमा शिक्षक तथा लेखापालका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गच्छदार र नेपाल शिक्षक तथा भट्टराई विद्यालयका बस चालक हुन् ।

प्रहरीले उनीहरूलाई साउन ४ गते पक्राउ गरेको थियो । विद्यालयमा अध्ययनरत छात्रामाथि विद्यालयमै तथा सामाजिक सञ्जालमार्फत यौनजन्य दुर्व्यवहार गरेको आरोप उनीहरूमाथि लागेको थियो ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट तथा पीडित पक्षबाट परेको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो । प्रहरीले घटनासँग सम्बन्धित प्रमाण संकलन गर्दै अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा प्राप्त विवरणसहित प्रहरीले अनुसन्धान प्रतिवेदन अर्थात् मिसिल सरकारी वकिल कार्यालय मोरङमा बुझाएको थियो ।

प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिल कार्यालय मोरङले चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुरअन्तर्गत चारवटा छुट्टाछुट्टै मुद्दा तयार गरी जिल्ला अदालत मोरङमा अभियोगपत्र दायर गरेको थियो । मुद्दा अदालतमा दर्ता भएसँगै अदालतले अभियुक्तको बयान लिएपछि बुधबार थुनछेक बहस भएको हो ।

बहसपछि इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी चारै जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ । पक्राउ परेपछि विद्यालयले समेत उनीहरुलाई निलम्बन गरेको थियो ।

तपाइको प्रतिक्रिया
पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
कांग्रेससँगको सहकार्य सुमधुर र महत्वपूर्ण : मुख्यमन्त्री कार्की
नेप्सेमा दोहोरो अंकको सुधार
सातामा दुई दिन सार्वजनिक बिदा तत्काल पुनरावलोकन नहुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.