पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १९:१२
 पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा

काठमाडौं । सिटिजन्स बैंककी नङ्गशल तामाङ र एपीएफकी रिहाना शेरचनको जोडी १४ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको महिला डबल्सतर्फ क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको यला स्पोर्ट्स एकेडेमीको कभर्डहलमा जारी प्रतियोगितामा तामाङ र शेरचनको जोडीले नेपाल पुलिस क्लबकी श्रेया बज्राचार्य र अस्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् ।

Advertisement

यसैगरी, महिला डबल्सतर्फ नै चितवनकी सुष्मा भुजेल र कास्कीकी दिलासा राणाको जोडीले आर्मीकी अनुमाया राई र समृद्धि श्रेष्ठको जोडीलाई २१–८, २१–८ ले तथा सुर्खेतकी निर्भिता शाही र निशा सिंहको जोडीले मेघा शर्मा र लीला थापाको जोडीलाई २१–१०, २१–१७ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष यु–१५ एकलतर्फ धनवन्तरीका सुहम कार्की, कञ्चनपुरका उदय चन्द, सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङ र आर्मीका सामन्तभद्र बज्राचार्य क्वार्टर फाइनलमा पुगेका छन् । सुहमले आर्मीका रिजन मगरलाई, उदयले बालकुमारी रिमिक्सका प्रज्वल बज्राचार्यलाई, दीपले आर्मीका आशुतोष कसौधनलाई र सामन्तले सूर्य दर्शनका सोनम वलीलाई पराजित गरे ।

यस्तै, कञ्चनपुरका आशिष खत्री, नेपाल पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, धनवन्तरीका सुशान्त प्रजापति र आर्मीका सुवन राजकोटीले पनि अन्तिम आठको यात्रा तय गरे ।

महिला यु–१९ एकलतर्फ फिटनेस स्पोर्ट्स कम्प्लेक्सकी निभा राईले एपीएफकी प्रेन्सा श्रेष्ठलाई र एपीएफकी रिहाना शेरचनले कस्तुरी कलेजकी अन्जिला राईलाई पराजित गर्दै अन्तिम आठमा भेट पक्का गरे । अन्य खेलहरूमा एपीएफकी अज्रेन्का शेरचन, एपीएफकी स्वर्णिम श्रेष्ठ, पुलिसकी अस्मिता खत्री, सुनसरी ब्याडमिन्टन एकेडेमीकी सुविज्ञा दाहाल, आर्मीकी समृद्धि श्रेष्ठ र कास्कीकी दिलासा राणा पनि विजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरे ।

पुरुष यु–१९ एकलतर्फ पुलिसका कबिर केसी, आर्मीका सौर्य महर्जन र सुदन राजकोटी तथा सिन्धुली ब्याडमिन्टन एकेडेमीका दीप थिङले पनि अन्तिम ८ मा स्थान सुरक्षित गरे । यसैगरी आर्मीका सुप्रिम पन्त, आर्मीका सन्दीप राई, रिजन मगर र सुविन श्रेष्ठले पनि खेल जित्दै अन्तिम आठमा पुग्न सफल भए ।

तपाइको प्रतिक्रिया
पहिरोमा परेर १० जनाकाे मृत्यु
बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 
बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 
 पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.