बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २८, बिहीबार १९:४४
बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 

काठमाडौं । नेपालमा पछिल्लो समय प्रविधिको विकाससँगै साइबर अपराधका घटनामा तीव्र वृद्धि भएको छ । नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार गत आर्थिक वर्ष २०८२ / ०८३ मा देशभरबाट साइबर अपराधसम्बन्धी २० हजार ५२६ वटा उजुरी दर्ता भएका छन् ।

सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग गरी हुने ठगी, चरित्रहत्या र अनलाइन स्क्यामिङका घटना बढेसँगै उजुरीको संख्या विगतका वर्षहरूभन्दा ह्वात्तै बढेको ब्युरोले जनाएको छ । यसअघि आर्थिक वर्ष २०८१ / ०८२ मा १८ हजार ९२६ र आव २०८० / ०८१ मा १९ हजार ७३० वटा उजुरी परेका थिए ।

Advertisement

ब्युरोको तथ्यांक अनुसार प्राप्त निवेदनहरूमध्ये सबैभन्दा धेरै फेसबुक र म्यासेन्जर दुरुपयोगका ७ हजार १२३ वटा रहेका छन् । त्यसैगरी, टिकटकसँग सम्बन्धित ६ हजार ७७६ वटा उजुरी दर्ता भएका छन् ।
अन्य सञ्चार माध्यमहरूको प्रयोग गरी हुने अपराधमा ह्वाट्सएपका ३ हजार १०५, टेलिग्रामका १ हजार ३१, ई सेवा, खल्ती तथा बैंक खाता दुरुपयोगका ७४४ र संस्थागततर्फका ८४६ वटा उजुरी रहेका छन् ।

उजुरीको संख्या बढेसँगै प्रहरीले कारबाही प्रक्रियालाई पनि तीव्रता दिएको छ । गत आर्थिक वर्षमा ब्युरोले साइबर अपराधमा १६१ वटा मुद्दा दर्ता गरी १५५ जना अभियुक्तलाई पक्राउ गरेको छ । ब्युरोले प्रविधिको प्रयोग गरी हुने यस्ता अपराधमा संलग्नहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कानुनी दायरामा ल्याउँदै आएको छ ।

हालै मात्र इमेलमार्फत महिलाको चरित्रहत्या गर्ने सुरेन्द्रप्रसाद खनाल, फेसबुक ह्याक गरी ठगी गर्ने विवेक सुनार र ई सेवा कर्मचारी बनेर ठगी गर्ने शुभम साह जस्ता अभियुक्तहरूलाई ब्युरोले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीका अनुसार पछिल्लो समय ठगहरूले विभिन्न नयाँ शैली अपनाउने गरेका छन् । ‘बैंक तथा डिजिटल वालेटका प्रतिनिधि बनेर, पार्सल वा लोटरी परेको प्रलोभन देखाएर, तथा वैदेशिक रोजगारी वा आकर्षक अनलाइन ‘जब’ को बहानामा ठगी गर्ने प्रवृत्ति व्यापक बनेको छ,’ एसपी गिरीले बताए ।

ब्युरोले आम नागरिकलाई अनलाइन कारोबार गर्दा, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग जोडिनुअघि र आफ्नो व्यक्तिगत विवरण वा ‘ओटीपी’ सेयर गर्दा उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
पहिरोमा परेर १० जनाकाे मृत्यु
बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 
बढ्दै साइबर अपराध: एक वर्षमा २० हजार बढी उजुरी 
 पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पुष्पलाल स्मृति ब्याडमिन्टन: नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा
पत्रकार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठको गिरफ्तारीप्रति बार एशोसिएशनको ध्यानाकर्षण, तत्काल रिहाइको माग
मुख्यमन्त्री कार्की र प्रदेश प्रमुख खापुङबीच भेट
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट प्रहरी जवान पक्राउ
धरान उपमहानगरमा विवाद समाधान, बजेट पास गर्दै नगरसभाको बाटो खुल्यो
भदौ ३ गते बस्दै कोशी प्रदेशसभा बैठक
सुकुनाका छात्रामाथि दुर्व्यवहार आरोप : शिक्षक र कर्मचारी धरौटीमा रिहा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.