देवानगन्ज गाउँपालिका खुल्यो, सेवाग्राहीको भिड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार ०८:५४
 देवानगन्ज गाउँपालिका खुल्यो, सेवाग्राहीको भिड

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनाका कारण ठप्प रहेको गाउँपालिका र वडा कार्यालयहरू बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । कार्यालय खुलेको पहिलो दिनमै सेवा लिन आउने सेवाग्राहीको उपस्थिति अत्यधिक रहेको छ ।

गत साउन १० गते ठुलो आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई युवा समूहबिच भएको विवादले उग्र रूप लिएपछि देवानगन्जमा तनाव उत्पन्न भएको थियो । सोही तनावका कारण गाउँपालिका र यस अन्तर्गतका सात वटै वडा कार्यालयहरू बन्द रहेका थिए ।

Advertisement

बिहीबार कार्यालय खुलेपछि सेवाग्राहीको ठुलो चाप देखिएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले बताए । ‘बिहीबार सेवाग्राहीको थामिनसक्नु चाप भयो । भिडका कारण हामीले कार्यालय समयभन्दा ढिलासम्म बसेर काम गर्‍यौँ,’ अध्यक्ष मेहताले भने, ‘सबै जना निर्धक्कसँग सेवा लिन आएका छन्, अब बिस्तारै समाजमा पनि सहज वातावरण बन्दै जाने विश्वास छ ।’

झडपका क्रममा घाइते भई उपचाररत १९ वर्षीय रवीन्द्र मेहताको साउन १९ गते मृत्यु भएको थियो । उनको शवको बुधबार दिउँसो दाहसंस्कार गरिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधिको पहलमा बिहीबारदेखि कार्यालयहरू सञ्चालन गर्ने निर्णय गरिएको हो ।

अध्यक्ष मेहताका अनुसार दुई समुदायबिच उत्पन्न असमझदारीलाई हटाउन र सामाजिक सद्भाव कायम राख्न स्थानीय अगुवाहरूको सहभागितामा छलफल र मेलमिलापका योजनाहरू अघि बढाइँदै छ । कार्यालयहरू नियमित सञ्चालनमा आएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन् ।

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.