औद्योगिक सहरमा बेरोजगार युवा

Share this
732shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण २९, शुक्रबार १४:३२
प्रतीकात्मक तस्बिर

विराटनगर। एकातिर चिम्नीबाट निस्कने धुवाँ र मेसिनको आवाजले गुञ्जायमान औद्योगिक सहर विराटनगर, अर्कोतिर त्यही सहरका गल्लीहरूमा भविष्यको खोजीमा भौतारिरहेका युवाहरू। नेपालको प्रख्यात औद्योगिक नगरीका रूपमा परिचित विराटनगरको यो एउटा यस्तो यथार्थ हो, जहाँ उद्योगीहरू दक्ष कामदार नपाएर छटपटाएका छन् भने स्थानीय युवाहरू कामको खोजीमा दैनिक रूपमा मलेसिया, खाडी मुलुक वा राजधानी काठमाडौँतर्फ लाग्न बाध्य छन्।

यही विडम्बनापूर्ण अवस्थाका एक प्रतिनिधि पात्र हुन्, विराटनगर महानगरपालिका-१० का २४ वर्षीय रमेश कार्की। व्यवस्थापन विषयमा स्नातक गरेका रमेश विगत छ महिनादेखि विराटनगरका विभिन्न कार्यालयहरूमा बायोडाटा बोकेर धाइरहेका छन्।

‘पढाइ सकिएपछि आफ्नै सहरमा केही गर्छु भन्ने सोचेको थिएँ। यहाँ त ठूला-ठूला कलकारखाना छन्, रोजगारी पाउन गाह्रो होला भनेर सोचेको थिएन। तर, यहाँ काम खाली छ भनेर सोध्दा या त अनुभव मागिन्छ, या त पारिश्रमिक यति थोरै हुन्छ कि त्यसले आफ्नो खर्च पनि धान्दैन। बाध्य भएर अब म पनि वैदेशिक रोजगारीका लागि भिसा प्रक्रियामा लागेको छु,’ कार्कीले दुखेसो पोखे।

सिक्काको अर्को पाटोमा छन्, विराटनगरका स्थापित उद्योगी प्रदीप सारडा। प्राविधिक र दक्ष जनशक्तिको अभाव सधैँ हुने गरेको उनको अनुभव छ।

‘हामीलाई कारखानामा काम गर्ने प्राविधिक र दक्ष जनशक्तिको अभाव सधैँ हुन्छ। उद्योगमा काम गर्न आउनै मान्दैनन्। जो आउँछन्, उनीहरूसँग कामको अनुभव हुँदैन। थोरै पढेका वा नपढेकाहरू पनि सीप सिक्दै काम गर्नुभन्दा रातारात धेरै कमाउने सपना बोकेर विदेश पलायन हुने प्रवृत्तिले हामीलाई ठूलो समस्या पारेको छ,’ सारडाले भने।

उद्योगको सहर भनिएको विराटनगरमा एकातिर बेरोजगारी बढेको छ भने अर्कोतिर पछिल्लो समय घरपिच्छे जस्तै ‘जबर सेन्टर’हरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। रोजगारी खोज्ने युवा र कामदार खोज्ने व्यापारिक प्रतिष्ठानबीच पुलको काम गर्ने यस्ता केन्द्रहरूको कारोबार अचेल फस्टाएको छ।

विराटनगरको मेनरोड र बरगाछी आसपास मात्रै यस्ता दर्जनौँ जब सेन्टरहरू सञ्चालनमा छन्। विराटनगर ए टु जेट व्यवस्थापन प्रालिका सञ्चालक रवि गुप्ताका अनुसार त्यस्ता केन्द्रमा दैनिक रूपमा रोजगारी खोज्नेहरूको बाक्लो उपस्थिति रहने गरेको छ।

‘हामीकहाँ दैनिक रूपमा २० देखि ३० जनासम्म जागिर खोज्न आउँछन्। अर्कोतर्फ होटेल, सुपरमार्केट, बैंकका एजेन्ट र केही साना उद्योगहरूबाट पनि कामदारको माग आउँछ। तर समस्या के छ भने, युवाहरूले खोज्ने तलब-सुविधा र उद्योगीले दिने क्षमताबीच ठूलो खाडल छ,’ गुप्ताले भने।

जब सेन्टरहरूका अनुसार, पछिल्लो एक वर्षयता यस्ता मध्यस्थता केन्द्रहरूको सङ्ख्यामा करिब ५० प्रतिशतले वृद्धि भएको छ। विराटनगरका चिम्नीहरूबाट धुवाँ त निस्किरहेको छ, तर ती चिम्नीहरूले स्थानीय युवाको घरमा समृद्धिको उज्यालो ल्याउन नसकेको सरोकारवालाहरूको ठम्याइ छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
विराटनगरको हाजी आँखा अस्पताल : सञ्चालक गुप्तामाथि यस्तो आरोप
सुनसान बन्दै धनकुटाको चौबिसेका मगर र जनजाति संग्रहालय
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
बेलायतको नेपाली च्यारिटी फाउन्डेसनद्वारा बाढीपीडितलाई एक करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×