ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १६:४१

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सामान्य रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। ग्यास नपाइने चिन्ताले भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्रालयले बजारमा कुनै अभाव नरहेको प्रस्ट पारेको छ।

ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कार दिने घोषणा मन्त्रालयले गरेको छ। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आयात साविकभन्दा बढेको जानकारी दिए।

Advertisement

नेपाल आयल निगमले आधा सिलिन्डरको सट्टा पूर्ण क्षमताको सिलिन्डर वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढेका कारण केही असहजता देखिएको मन्त्रालयको भनाइ छ। सामान्य अवस्थामा दैनिक औसत एक लाख १० हजार सिलिन्डर बजारीकरण हुने गरेकोमा पछिल्लो समय दैनिक एक लाख ३२ हजार सिलिन्डर बजारमा पठाइएको सुवेदीले बताए। वर्षायामका कारण ढुवानीमा केही ढिलाइ हुन सक्ने भए पनि आपूर्तिमा समस्या नरहेको उनले स्पष्ट पारे।

बढ्दो मागलाई सम्बोधन गर्न सरकारले भारतबाट आउने ग्यासको कोटा बढाउन पहल गरेको छ। हाल मासिक ४९ हजार ५ सय मेट्रिक टन ग्यास आपूर्ति भइरहेकोमा आगामी तीन महिनाका लागि यसलाई बढाएर ६० हजार मेट्रिक टन पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको जानकारी दिइयो।

मन्त्रालयले बिक्रेताहरूलाई एउटा मात्र सिलिन्डर भएका उपभोक्ता, वृद्धवृद्धा, अशक्त र सुत्केरीलाई प्राथमिकता दिएर ग्यास वितरण गर्न निर्देशन दिएको छ। नियमित वितरकबाट ग्यास नपाएकाहरूका लागि टेकु लगायतका स्थानमा वैकल्पिक वितरणको व्यवस्था मिलाइएको छ। सरकारले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ। आर्थिक वर्ष २०७६/७७ मा करिब १० हजार इन्डक्सन आयात भएकोमा पछिल्लो वर्ष तीन लाख ८२ हजारभन्दा बढी आयात भएको मन्त्रालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेस एकढिक्का हुनेमा नेता कोइराला विश्वस्त
जेलमा आर्थिक लेनदेन रोक्न चौकीदार, नाइके र भाइनाइकेको नियुक्ति स्थगित
इँटा उत्पादनमा रोक लगाउने निर्णय खारेज गर्न मन्त्रालयसमक्ष माग
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
युवालाई स्वदेशमै भविष्य देखाउनुपर्छ: मन्त्री यादव
हाटखोला-कटहरी सडक खण्ड तत्काल बनाउन परिसंघको ध्यानाकर्षण
नेप्सेमा ७.३७ अंकको गिरावट
कर्मचारीको वैदेशिक भ्रमणमा नियन्त्रण, पूर्वस्वीकृति अनिवार्य
कोशी प्रदेश प्रमुख खापुङसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश
ग्यास लुकाउनेलाई कारबाही र सूचना दिनेलाई पुरस्कारको घोषणा
प्रहरीको अनुसन्धान प्रक्रियालाई प्रमाणमुखी र वैज्ञानिक बनाइँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.