बढ्यो सुनचाँदीको मूल्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार १०:५२
फेरी बढ्यो सुनचाँदीको मूल्य 

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलामा तीन हजार ६ सय र चाँदी ५० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख पाँच हजार २ सय कायम भएको छ । शुक्रबार एक तोला सुन तीन लाख एक हजार ६ सयमा कारोबार भएको थियो ।

Advertisement

यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ७ सय १० कायम भएको छ । शुक्रबार एक तोला चाँदी चार हजार ६ सय ६० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.