३७ जना नायब सुब्बाको सरुवा (सूचिसहित)

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार ०९:१२
३७ जना नायब सुब्बाको सरुवा (सूचिसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३७ जना नायब सुब्बाहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । मन्त्रालयको मंगलबारको निर्णयअनुसार विभिन्न निकायमा कार्यरत ती कर्मचारीहरूलाई मन्त्रालय, विभाग, आयोग तथा जिल्लास्थित कार्यालयहरूमा सरुवा गरिएको हो ।

मन्त्रालयद्वारा सार्वजनिक विवरणअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, हुलाक, प्रदेश प्रमुखका कार्यालय तथा निर्देशनालयहरूमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारी दिइएको छ । सरुवा भएका कर्मचारीहरूलाई गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, निर्वाचन आयोग, राष्ट्रिय तथ्यांक कार्यालय, राष्ट्रिय समावेशी आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा त्यस अन्तर्गतका निकायहरूमा पठाइएको छ ।

Advertisement

मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई प्रभावकारी बनाउन नियमित प्रक्रियाअन्तर्गत यी सरुवा र पदस्थापन गरिएको उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.