शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार २२:२६
सांकेतिक तस्बिर

एजेन्सी। भारतको विशाखापट्‌टनममा शिक्षिकाको कुटाइबाट छ वर्षका बालकको मृत्यु भएको छ। लिटिल गार्डन्स स्कुलको युकेजीमा अध्ययनरत प्रणय तेजाको कुटाइलगत्तै मृत्यु भएको हो।

होमवर्क नगरेको भन्दै शिक्षिकाले बालकलाई लज्जित बनाउन कपडा फुकाल्न खोजेको र थप्पड हानेको दृश्य कक्षाकोठाको सीसीटीभी फुटेजमा देखिएको छ। कुटाइलगत्तै बालक शिक्षिकाकै काखमा ढलेका थिए। शिक्षिकाले थप्पड हान्दा बालक अत्यधिक तर्सिएर हृदयाघात भएको आरोप परिवारका सदस्यले लगाएका छन्।

Advertisement

शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

कक्षाकोठाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्र घटना बाहिर आएको हो। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। अधिकारीहरूले सीसीटीभी फुफुटेजको अध्ययन गर्नुका साथै बालकमा पहिलेदेखि नै कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्नेबारे जाँच गरिरहेका छन्। प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण खुल्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
स्वास्थ्य बिमाको बजेट १५ अर्ब पुर्‍याइएको छ: अर्थमन्त्री
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा
धनकुटाका होटल र लजमा प्रशासनको छड्के अनुगमन, मापदण्ड पालना गर्न निर्देशन
दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते
एमालेलाई सघाएका राप्रपा संसदीय दलका नेता उद्धव थापा निष्कासित
वैदेशिक सहायता राष्ट्रिय बजेट प्रणालीमार्फत परिचालन गर्न निर्देशन
नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा एसएसपी गिरी दोषी ठहर
शिक्षिकाको कुटाइबाट ६ वर्षका बालकको मृत्यु
बालिका मृत्यु प्रकरणः सिमराका डीएसपीको जिम्मेवारी खोसियो
इरानका साझेदारले आर्थिक क्षति व्यहोर्नुपर्ने ट्रम्पको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×