
काठमाडौं । वीरगन्जस्थित बाल सुधार गृहबाट लागुऔषध मुद्दाका एक युवक फरार भएका छन् ।
सर्लाहीको गडौता नगरपालिका घर भएका १७ वर्षीय युवक परिवर्तित नाम ‘कु’ गत मंगलबार बिहान सुधार गृहबाट फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवक मंगलबार बिहान साढे ५ बजेतिर सुधार गृहको पछाडिपट्टिको झ्यालबाट हाम फालेर भागेका थिए ।
लागुऔषध कसुरमा अदालतको फैसला बमोजिम उनलाई करिब एक साताअघि मात्रै सुधार गृहमा ल्याइएको थियो । घटना भएको चार दिन बितिसक्दा पनि फरार युवक फेला परेका छैनन् ।
घटना लगत्तै खोजिबिन सुरु गरे पनि हालसम्म फेला पार्न नसकेको प्रहरीले जनाएको छ । फरार युवकको खोजी कार्यलाई तीव्र पारेको प्रहरीले जनाएको छ ।



















