पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भदौ ५, शुक्रबार १०:२४

काठमाडौं । दक्षिणी पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजे गएको हो ।

भूकम्पको केन्द्रबिन्दु अयाकुचो क्षेत्रको परिनाकोचास प्रान्तको उपहुआचो सहरबाट ३८ किलोमिटर उत्तर पश्चिममा थियो । दक्षिणी पेरुका इकान र अरेकिपा लगायतका विभिन्न क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

पेरुको नौसेनाले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको जनाएको छ । पेरु प्रशान्त महासागरको रिङ अफ फायरको एक हिस्सा हो । यो क्षेत्र भूकम्पीय गतिविधिका लागि परिचित छ, त्यसैले यहाँ बारम्बार भूकम्पहरू जान्छ ।

पेरुले आफ्नो इतिहासमा धेरै ठूला भूकम्पहरूको सामना गरेको छ । सन् २००७ मा इक्का क्षेत्रमा गएको ७.९ म्याग्निच्युडको भूकम्पमा परी करिब ६०० जनाको ज्यान गएको थियो ।

तपाइको प्रतिक्रिया
कमिल मिशाराको शतकमा चितवन दोस्रो क्वालिफायरमा
अपांगता समावेशी विकासमा सरकारी प्रयास पर्याप्त भएनन्, कार्यान्वयनमै चुनौती
बेलबारीमा बाँसघारीभित्र जुवाखाल, प्रहरीले हान्यो छापा
निर्माण व्यवसायी महासंघ कोशीको अध्यक्षमा केशरकुमार बुढाथोकीको उम्मेदवारी, यस्तो छ प्यानल
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनविरुद्ध प्रहरीमा जाहेरी
प्रहरीले ओलीको दाबी खण्डन गर्दै भन्यो, ‘कसैलाई थुन्ने अभिव्यक्ति दिएको छैन’
कांग्रेस विभाजित भइसकेको लेखकको स्वीकारोक्ति
झापादेखि कञ्चनपुरसम्मका किसानबाट डेढ लाख क्विन्टल धान किन्ने तयारी
‘गृहमन्त्रीकी आमा’ भन्दै भिडियो पोस्ट गर्ने तीन जना पक्राउ
विराटनगरमा स्व. गोल्छाको स्मृतिमा उद्योगी–व्यवसायीले गरे सम्मान तथा सहयोग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.