विमानस्थलमा बंगलादेशी नागरिकको पेटभित्र भेटियो सुन 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार १९:०८
विमानस्थलमा बंगलादेशी नागरिकको पेटभित्र भेटियो सुन 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुन बरामद गरेको छ ।

फ्लाई दुबईको उडानबाट काठमाडौं ओर्लिएका बंगलादेशी नागरिक मोहम्मद रासेल हल्दारलाई शंका लागेर प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले आफ्नो पेटभित्र सुन लुकाएर ल्याएको स्वीकार गरेपछि प्रहरीले उनलाई सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याएको थियो ।

Advertisement

अस्पतालमा गरिएको एक्स–रे परीक्षणमा उनको पेटभित्र शंकास्पद धातु देखिएपछि उनलाई कडा सुरक्षा निगरानीमा राखिएको थियो । पाँच दिनसम्मको अस्पताल बसाइँपछि शुक्रबार शौच गर्ने क्रममा उनको शरीरबाट क्याप्सुल आकारका दुई वटा सुनका डल्ला बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको उक्त धातुको तौल करिब १५० ग्राम रहेको छ। पक्राउ परेका हल्दारलाई थप कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×