जबरजस्ती करणी गरेको आरोपमा झापामा एक जना पुरुष पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार ०८:५२
जबरजस्ती करणी गरेको आरोपमा झापामा एक जना पुरुष पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।  मेचीनगर नगरपालिकाका ४० वर्षीय अशोककुमार राईलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १८ वर्षीया एक युवतीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा राईलाई पक्राउ गरिएको हो । पीडितका तर्फबाट उजुरी परेपछि प्रहरीले तत्कालै राईलाई पक्राउ गरेको थियाे ।

Advertisement

राईले ती युवतीलाई विभिन्न प्रलोभन देखाई ललाइफकाइ जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको र आवश्यक कानुनी प्रक्रियाका लागि उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×