पाँचथरमा सम्बन्ध विच्छेदको लहरः आधाभन्दा बढी मुद्दा  ‘डिभोर्स’ कै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार ०९:३०
पाँचथरमा सम्बन्ध विच्छेदको लहरः आधाभन्दा बढी मुद्दा  ‘डिभोर्स’ कै

पाँचथर । पाँचथर जिल्ला अदालतमा दर्ता हुने मुद्दामध्ये आधाभन्दा बढी सम्बन्ध विच्छेदका पाइएका छन् । अदालतको तथ्यांक अनुसार जिल्लामा पारिवारिक विखण्डनको दर डरलाग्दो गरी बढ्दै गएको छ ।

गत आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका कूल ६०९ नयाँ मुद्दामध्ये ३८४ वटा (करिब ६३ प्रतिशत) सम्बन्ध विच्छेदका रहेका छन् । अघिल्लो आव २०८१/०८२ बाट सरेर आएका ८७ मुद्दासहित गत वर्ष कूल ४७१ वटा सम्बन्ध विच्छेदका मुद्दा सुनुवाइको सूचीमा थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढेर कूल मुद्दाको ५६ प्रतिशत पुगेको अदालतकी सूचना अधिकारी सरस्वती नेम्बाङले जानकारी दिइन् ।

Advertisement

अदालतमा पुग्ने मुद्दाहरूको प्रकृति अनौठो देखिन्छ । गत वर्ष ७३ वर्षीय वृद्ध श्रीमान् र ५९ वर्षीया श्रीमतीदेखि डेढ वर्षको बच्चा भएका युवा दम्पतीसम्म सम्बन्ध विच्छेदका लागि अदालत पुगेका छन् । ४७१ मध्ये १६७ मुद्दा मेलमिलाप प्रक्रियाबाट टुंगिए पनि अधिकांशको नतिजा सम्बन्ध विच्छेद नै रहेको अदालतले जनाएको छ ।

सम्बन्ध विच्छेद बढ्नुको एउटा मुख्य कारण कानुनी प्रक्रिया मिलाउने चाहना पनि रहेको पाइएको छ । सूचना अधिकारी नेम्बाङका अनुसार करिब एक तिहाइ मुद्दामा अर्को विवाह गरिसकेका व्यक्तिहरूले कागजी प्रमाण मिलाउन मात्रै अदालती प्रक्रिया अपनाउने गरेका छन् ।

यसरी बर्सेनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा समाजमा पारिवारिक र सामाजिक जटिलता थपिने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सानो उमेरका बालबालिका भएका दम्पतीले समेत सम्बन्ध तोड्दा तिनको भविष्यमा समेत गम्भीर असर पर्ने देखिएको छ ।

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×