बिहारमा भीडमा बस पस्दा पाँच जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १०:४७

एजेन्सी। भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लामा अनियन्त्रित बस सडक किनारमा भेला भएको भीडमा पस्दा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।

बेतिया–लौरिया मुख्य मार्गअन्तर्गत एनएच–७२७ मा शुक्रबार राति करिब ११ बजे दुर्घटना भएको हो। गोरखपुरबाट बेतियातर्फ जाँदै गरेको तीव्र गतिमा रहेको शाही बस बसवरिया र पराउटोला बीचमा छठिहार समारोहका क्रममा आयोजित अर्केस्ट्रा कार्यक्रम हेरिरहेका मानिसहरूको भीडमा पसेको थियो।

Advertisement

स्थानीयका अनुसार त्यही बेला विपरीत दिशाबाट ग्यास सिलिन्डर बोकेको ट्रक आइरहेको थियो। ट्रकलाई साइड दिने क्रममा बस चालकले नियन्त्रण गुमाउँदा बस सडक किनारमा रहेका मानिसहरूलाई ठक्कर दिँदै अघि बढेको बताइएको छ।

दुर्घटनामा घटनास्थलमै दुई जनाको मृत्यु भएको थियो। उपचारका क्रममा थप तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सञ्जय महतो, भोला दुबे, बहादुर महतो, देवेन्द्र दुबे र छांगुर राम रहेका छन्। घाइते पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा बसको तीव्र गतिलाई दुर्घटनाको सम्भावित कारण मानेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×