झापाबाट लागुऔषधसहित तीन जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १७:३२
अवैध काठसहित दुई जना पक्राउ 

झापा । झापाको सीमावर्ती क्षेत्रबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले शनिबार र शुक्रबार राति  गरी उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापा गाउँपालिका–४ चर्तागाछीबाट भारततर्फबाट नेपाल आउँदै गरेका शिवसताक्षी नगरपालिका–९ का १७ वर्षीय गौरव चौधरी पक्राउ परेका छन्।

उनको साथबाट प्लास्टिकसहित सात ग्राम १० मिलिग्राम ब्राउनसुगर र नाइट्रोजन ट्याब्लेट १८ थान बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै, शनिबार बिहान टाघनडुब्बा स्कुल टोलबाट भारततर्फबाट साइकलमा नेपाल आउँदै गरेका शिवसताक्षी–६ का २८ वर्षीय प्रभाष बास्के र २६ वर्षीय फिलिप मर्डी पक्राउ परेका छन्। नीहरूको साथबाट प्लास्टिकसहित एक ग्राम ७५ मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement
तपाइको प्रतिक्रिया
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
कृषि उत्पादन वृद्धि गर्न नार्कद्वारा विभिन्न बालीका उन्नत जात विकास
अमेरिका-क्यानडा व्यापार सम्झौताको प्रयास असफल, ५० प्रतिशत भन्सारले तनाव चर्कियो
बालिका हत्या : न्याय माग्दै प्रदर्शन जारी, राजमार्ग बन्द
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×