बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार २२:२३
बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 

विराटनगर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोध मोरङ कारागारका कैदीबन्दीहरूले गरेका छन् ।

शनिबार साँझ जिल्ला कारागार मोरङको ‘ए’ ब्लकका कैदीबन्दीहरूले कारागारभित्रै दीप प्रज्वलन गरी उक्त घटनाको कडा शब्दमा निन्दा गरेका हुन् । दीप प्रज्वलनका क्रममा कैदीबन्दीहरूले मृतक बालिका गरिमाको आत्माको शान्तिको कामना गर्दै केही बेर मौनधारण गरेका थिए ।

Advertisement

उनीहरूले यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र कडाभन्दा कडा कानुनी कारबाही हुनुपर्ने माग समेत गरेका छन् ।

मोरङ कारागारका प्रशासक राजन घिमिरेले कारागारका ‘ए’ ब्लकका कैदीबन्दीहरूले भित्रै स्वतः स्फूर्त रूपमा बालिकाको हत्याको विरोधमा दीप प्रज्वलन र शोक व्यक्त गरेको जानकारी दिए ।

कारागारमा हाल पुरुष र महिला गरी १ हजार २ सय २९ जना कैदीबन्दी रहेका छन् । कारागारको ‘ए’ ब्लकमा ५५३ जना र ‘बी’ ब्लकमा ५६५ जना पुरुष कैदीबन्दी छन् । यस्तै,  २ जना नाबालकसहित १११ जना महिला कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 
बालिका हत्याको विरोधमा मोरङ कारागारका कैदीबन्दीद्वारा दीप प्रज्वलन 
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
नेतृत्व परिवर्तन सामाजिक सञ्जालले होइन, महाधिवेशनले तय गर्छः शंकर पोखरेल
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
टेबल टेनिस संघको अध्यक्षमा राजेशमान श्रेष्ठ निर्विरोध निर्वाचित
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
कविता प्रतियोगितामा आरोही ढकाल प्रथम 
सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच १४ बुँदे सहमति, आन्दोलनका कार्यक्रम अन्त्य
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
ब्राइट भिजन ल कलेजमा ‘मुटकोर्ट’ सम्पन्न: विद्यार्थीले गरे नमुना अदालतमा बहस
अवैध काठसहित दुई जना पक्राउ 
झापाबाट लागुऔषधसहित तीन जना पक्राउ
कोशीमा डिजिटल प्रणाली सुरु : कर्मचारी सरुवामा अब कागज र पहुँचको झन्झट घटाउने तयारी
बिपी स्मृति ‘ग्रीन रन महिला रि-रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजयी
जाँते स्वास्थ्य चौकी बन्द गरिएको दाबीमा लेटाङ नगरपालिकाको आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×