यस्तो छ विदेशी मुद्राको विनिमय दर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०६:०७
यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

Advertisement

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ १७ पैसा र बिक्रीदर १११ रुपैयाँ ६१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ९२ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७४ पैसा र बिक्रीदर २२ रुपैयाँ ८३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६८ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९२ पैसा र बिक्रीदर २४ रुपैयाँ ०१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ १९ पैसा र बिक्रीदर ५०० रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३४ पैसा बिक्रीदर ४०६ रुपैयाँ ९३ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×