पहिरोले फिदिम-फालौट सडक अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०८:२७

पाँचथर । वर्षापछि पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिन क्षेत्र प्रभावित भएको छ। पहिरोका कारण फिदिम-फालौट सडक खण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ।

फालेलुङ–७ सिदिनमा सडक माथिबाट लेदोसहित ढुंगा र माटो खस्दा कालोपत्रे सडक पुरिएको वडाध्यक्ष टेकबहादुर केरुङले बताए। धुँवाखोलामा आएको खहरेले सडक क्षेत्रसँगै आसपासका किसानको अलैँची र खाद्यान्न बालीमा समेत क्षति पुर्‍याएको छ।

Advertisement

साँझपख पहिरो खसेकाले क्षतिको विवरण संकलन तथा सडक खुलाउने काम तत्काल सुरु गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। फिदिमदेखि नाङ्गीन, सिदिन, प्राङवुङ हुँदै सीमावर्ती फालौट र सन्दकपुर जोड्ने यो सडक यसअघि पनि पटक–पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×