एकै महिनामा अपराधसम्बन्धी ८६३ घटना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १०:२८

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा ८६३ वटा अपराधसम्बन्धी घटना दर्ता भएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार ज्यानसम्बन्धी ५८, चोरी ६१, संगठित तथा आर्थिक अपराध १४८, महिला तथा बालबालिकासम्बन्धी ५०, सवारी ज्यान ३४ र अन्य ३१२ घटना दर्ता भएका छन्।

यस्तै, जघन्य तथा गम्भीर अपराधतर्फ १४७ घटना दर्ता भएका छन्। जसमा कर्तव्य ज्यान ९, हातहतियार ३, मानव बेचबिखन २, बैंकिङ कसुर ८७, ठगी ४२ र मुद्रासम्बन्धी ४ घटना छन्। प्रहरीका अनुसार सार्वजनिक चासोका ३ हजार १४७ पेन्डिङ मुद्दामध्ये ४८१ वटा फर्छ्योट भएका छन्।

Advertisement

विभिन्न मुद्दामा सजाय तोकिएका ५४० जना पक्राउ परेका छन् भने ९८ लाख ११ हजार ३९७ रुपैयाँ जरिवाना असुल गरिएको छ। प्रहरीले लागूऔषध प्रभावित क्षेत्रमा ‘कर्डन एन्ड सर्च’ अभियान, फरार प्रतिवादी पक्राउ तथा पेन्डिङ मुद्दा फर्छ्योटलाई प्राथमिकतामा राखेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×