सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १०:३१
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य ३ लाख १६ हजार ७ सय रुपैयाँ थियो।

यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७३ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ।

Advertisement

चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८५ रुपैयाँ थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×