बायर्न म्युनिखले जित्यो जर्मन सुपर कपको उपाधि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ११:३४

एजेन्सी । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डलाई २-१ गोलले हराउँदै बायर्नले सिजनको पहिलो उपाधि जितेको हो ।

सिंगल इडुना पार्कमा भएको खेलमा बायर्नलाई जित दिलाउन नाथानिएल ब्राउन र मिचेल ओलिसेले समान एक/एक गोल गरे । बायर्नको लागि फाबियो सिल्भाले एक गोल फर्काए । खेलको २८ औँ मिनेटमा ओलिसेको पासमा ब्राउनले गोल गर्दै बायर्नलाई शुरुवाती अग्रता दिलाएका थिए ।

Advertisement

पहिलो हाफको इन्जुरी समयमा ओलिसेले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए । ७५ औँ मिनेटमा सिल्भाले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काउने सङ्केत गरेका थिए ।

९० औँ मिनेटमा डिफेन्डर रामी बेन्सेबैनी रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि डर्टमण्डले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बायर्न २-१ गोलले विजयी भएको हो ।

तपाइको प्रतिक्रिया
मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत
बालिका हत्या प्रकरण : आरोपीको बयान हुँदा भिडिओ खिचेको आरोपमा प्रहरी हवल्दार पक्राउ
विराटनगरमा आयोजित शिविरमा एक सय जनाको दन्त परीक्षण
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×