
सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिका–३ ट्राफिक चौकमा बस्दै आएका मोहम्मद इरफानकी २ वर्षीया छोरी खुशी खातुन मृत अवस्थामा फेला परेकी छन् ।
परिवारका अनुसार खुशी आइतबार (आज) बिहानदेखि सम्पर्कविहीन थिइन् । बालिका हराएपछि परिवारले प्रहरीलाई खबर गरी खोजी थालेका थिए । प्रहरी र आफन्तले खोजी गर्ने क्रममा घरको पछाडिपट्टि रहेको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी हुन् ।
बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























