जेन्जी आन्दोलनमा लुटिएको हतियारसहित झापामा युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १७:०३
ग्रामथानमा सामान्य विवादमा खुकुरी प्रहार, एक जना घाइते

भद्रपुर । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित प्रहरीले झापाको दमकबाट आज आइतबार एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ रतुवा पुल नजिक अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण छन् ।

Advertisement

प्रहरी नायब उपरीक्षक अवाका अनुसार गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । उक्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा खोजतलास गरेको थियो ।

त्यस क्रममा कम्बलमा पोका पारी लुकाएर राखिएको अवस्थामा एक थान सट गन फेला परेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
ग्रामथानमा सामान्य विवादमा खुकुरी प्रहार, एक जना घाइते
जेन्जी आन्दोलनमा लुटिएको हतियारसहित झापामा युवक पक्राउ
प्रदेशलाई खानी खोज्ने अधिकार
मलेसियामा श्रमिक पठाउनेबारे रोजगार व्यवसायीको आपत्ति
कम्युनिस्ट आन्दोलनबारे गम्भीर समीक्षा गर्नुपर्ने बेला आयोः प्रचण्ड
अन्तर सञ्चार गृह फुटसलको उपाधि द शब्द एक्स्प्रेसलाई
नेतृत्व परिवर्तनमात्रै पार्टी पुनर्गठन होइनः झाँक्री
इरानी ह्याकरद्वारा बेलायतको विद्युत् केन्द्र बन्द
‘न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ’
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×