
स्याङ्जा । गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ जाँदै गरेको जिप आज (सोमबार) साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन । जिपमा कति जना यात्रु सवार थिए भन्ने पनि यकिन भइसकेको छैन ।
दुर्घटनामा घाइते भएका जिप चालकसहित केही व्यक्तिलाई उपचारका लागि गल्याङ नगर अस्पताल पुर्याइएको छ ।
प्रहरीका अनुसार दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुलाउने काम भइरहेको छ ।



















