दुई वर्षीया बालिकाको हत्या आरोपमा सौतेनी आमा पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १६:४३
दुई वर्षीया बालिकाको हत्या आरोपमा सौतेनी आमा पक्राउ

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा एक दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले उनकी सौतेनी आमा (कान्छी आमा) लाई पक्राउ गरेको छ । शम्भुनाथ नगरपालिका–२ कन्कपट्टी टोल घर भई हाल वडा नम्बर ३ ट्राफिक बजारमा बस्दै आएकी २६ वर्षीया जास्मिन खातुन (मुस्कान) लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३५ बजेतिर बालिका घरबाटै हराएकी थिइन् । परिवार र स्थानीयले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि घर पछाडिको झाडीमा बालिकाको शव फेला परेको थियो ।

Advertisement

मृतक बालिकाका बुबा मोहम्मद इरफानकी कान्छी पत्नी जास्मिनले नै बालिकाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा प्रहरीले जास्मिनलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकी जास्मिनले प्रारम्भिक सोधपुछका क्रममा आवेशमा आएर बालिकाको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
गोरखामा बाढीले बगाएको ८ शव फेला
बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता
बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×