
काठमाडौं । बाराको जितपुरसिमराबाट एक जना बालिका बेपत्ता भएकी छन् । जितपुरसिमरा उपमहानगरपालिका–६ की ११ वर्षीया बालिका सनाया खातुन बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बालिका बेपत्ता भएको भन्दै उनकी आमा गुलाप्सा खातुनले मंगलबार (आज) मध्यान्ह इलाका प्रहरी कार्यालय सिमरामा निवेदन दिएकी छिन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टले बालिका हराएको निवेदन प्राप्त भएको पुष्टि गर्दै खोजी कार्य सुरु गरिएको जानकारी दिए । बालिका कसरी बेपत्ता भइन् भन्नेबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

























