
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७६ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँ पुगेको छ।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ।



















