सप्तकोशीमा पानीको बहाव बढ्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १५:१६

विराटनगर । कोशी र मधेस प्रदेशको सीमा भएर बग्ने सप्तकोशी नदीमा आज (बुधबार) पानीको बहाव बढिरहेको छ । केही बेरअघि कोशी ब्यारेजस्थित मापन केन्द्रमा गरिएको मापनमा पानीको बहाव १ लाख ३१ हजार ३४० क्युसेक देखिएको छ ।

त्यसअघि गरिएको मापनमा ब्यारेज भएर १ लाख ३१ हजार ६१५ क्युसेक पानीको बहाव थियो । बिहानयता नदीमा बहाव घट्ने र बढ्ने क्रम जारी छ । पानीको बहाव बढ्ने क्रममा रहेको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन कोशी ब्यारेजका १५ वटा ढोका खुला गरिएको छ ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×