बाढीपीडितका लागि सत्तारुढ रास्वपाले ५० लाख दिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार १८:४९
राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा लगायतका स्थानमा बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

पार्टीको बुधबार बसेको सचिवालय बैठकले बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले सरकारमार्फत उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।

Advertisement

पछिल्लो समय रसुवामा आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ ।

त्यस्तै, रास्वपाले भोटेकोशी बाढी प्रभावितलाई राज्यको एकद्वार प्रणालीबाट मात्रै राहत उपलब्ध गराउने निर्णय गरेको छ । आकस्मिक सचिवालय बैठकपछि महामन्त्री विपीन आचार्यले राज्यको संरचनाबाट उपलब्ध गराउने व्यवस्था गर्ने बताए ।

उनले भने, ‘राहत तथा उद्धारमा सहयोगी मन देखाउने सम्पूर्ण नागरिकहरूलाई अपिल गर्दै सबै सहयोग, भौतिक अथवा आर्थिक सहयोग जे हो । राज्यको एकद्वार प्रणालीबाट मात्रै गर्ने व्यवस्था मिलाउने । आफैँ–आफैँ गर्ने होइन अथवा पार्टीको संरचनाबाट पनि होइन ।’ बैठकले कठिन परिस्थितिमा अफवाहले नराम्रो प्रभाव पार्ने भएकाले राज्यको आधिकारिक संरचनाबाट आउने सूचनाहरूलाई मात्रै सम्प्रेषण गर्नका लागि सम्पूर्ण सम्बन्धित सबै जनालाई अपिल गरेको छ ।

विपद् व्यवस्थापनमा सरकारले देखाएको तदारुकतालाई बैठकले स्वागत गरेको छ । बैठकले उद्धार, राहतको काममा लाग्न पार्टीपंक्तिलाई पनि निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
गोरखामा बाढीले बगाएको ८ शव फेला
बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता
बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×