सप्तकोशीमा पनि बढ्दैछ पानीको बहाव

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०८:०७

विराटनगर । सप्तकोशी नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । बिहीबार बिहान ६ बजे सप्तकोशीको बहाव १ लाख ४४ हजार ८ सय ६० क्यूसेक मापन गरिएको छ ।

बुधबार राति बहाव १ लाख ३२ हजार क्यूसेक मापन गरिएको थियो । पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका १७ वटा ढोका खुला गरिएको छ । पहाडी क्षेत्रमा भएको वर्षाका कारण सहायक नदीहरुमा बाढी आउँदा कोशीको बहाव बढेको हुन सक्ने सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए ।

Advertisement

सप्तकोशीमा खतराको तह पार गर्न बहाव २ लाख क्यूसेक नाघ्नुपर्छ । ‘बुधबारको तुलनामा बिहीबार बिहान बहाव केही बढेजस्तो देखिन्छ । तर, अहिलेसम्म अवस्था सामान्य नै छ । नदीले खतराको तह पार गरेको छैन,’ खड्काले भने । उनका अनुसार बुधबार १५ वटा ढोका खुला गरिएकोमा बिहीबार बिहान कोशी ब्यारेजका १७ वटा खुला गरिएको छ ।

पहाडी क्षेत्रमा वर्षा जारी रहेका कारण अझै बहाव बढ्न सक्ने सम्भावना रहेकाले सप्तकोशी असपासका स्थानमा बसोबास गर्दै आएकाहरुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । सम्भावित बाढीलाई ध्यानमा राखेर सबैले सावधानी अपनाउनुपर्ने खड्काले बताए ।

तपाइको प्रतिक्रिया
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
चितवनमा भेटिएका २२९ शव डीएनए नमुना राखेर व्यवस्थापन गरिने
त्रिशूली सुरुङमा फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
‘ग्लोबल वार्मिङ’ गर्ने देशहरूले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×