धनकुटामा छोराले गरे बाबुको हत्या

Share this
1.65Kshares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ११, बिहीबार ०९:४३

धनकुटा । धनकुटामा छोराले आफ्नै बाबुको हत्या गरेका छन् । चौबिसे गाउँपालिका–७ ठूलोढुंगाका ७० वर्षीय अमरध्वज लिम्बूको हत्या भएको हो ।

छोरा ३२ वर्षीय युवराज लिम्बूले काठको चिरपट प्रहार गरेर अमरध्वजको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः४५ बजेतिर युवराजले अमरध्वजको टाउकोमा काठको चिरपट प्रहार गरेका थिए । गम्भीर घाइते भएका अमरध्वजको घटनास्थलमै मृत्यु भएको धनकुटा प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले बताए ।

Advertisement

उनका अनुसार घटनाको जानकारी प्रहरीले बिहान करिब ६ः१५ बजेतिर प्राप्त गरेको थियो । त्यसलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो । बाबुको हत्या गरेर फरार भएका युवराजलाई घरबाट करिब ५ सय मिटर दक्षिणतर्फको जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरिएको एसपी रञ्जितकारको भनाइ छ ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । छोराले बाबुको हत्या गर्नुको कारण नखुलेको र अनुसन्धानपछि यथार्थ पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×