
विराटनगर । नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्यमा प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बजारमा आज सुनको मूल्य घटेसँगै प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार बजारमा सुन प्रतितोला ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य घटेसँगै प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार बजारमा चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।



















