विराटनगर महानगरले भोटेकोशीपीडितलाई २५ लाख ५१ हजार दिने

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ०८:०८

विराटनगर । भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले २५ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

महानगरपालिकाले विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बाँकी रकम जनप्रतिनिधिको सेवा–सुविधा तथा कर्मचारीको मासिक पारिश्रमिकबाट जुटाइने छ ।

Advertisement

महानगर प्रमुख नागेश कोइरालाले भोटेकोशीको विपद् सबै नेपालीको साझा पीडा भएकाले आफ्नो क्षमताअनुसार सहयोग गर्नु स्थानीय तहको दायित्व भएको बताए । उनले विपद्का बेला उद्धार, राहत र पुनःस्थापनामा सहकार्य आवश्यक रहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले विपद्का बेला स्थानीय तहबीचको सहयोगले राष्ट्रिय एकता र मानवीय उत्तरदायित्वलाई बलियो बनाउने बताए । महानगरपालिकाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र पुनःस्थापनाका लागि संघीय सरकारलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
मोरङको ‘साक्फारा स्टेसन’ मा सबैभन्दा धेरै ६७.४ मिलिमिटर वर्षा
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×