मोरङमा ८ वर्षीया बालिका बलात्कृत, बाबु पक्राउ

Share this
803shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ०८:२३

बेलबारी । मोरङको बेलबारीमा ८ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका छोरीलाई बलात्कार (जबरजस्ती करणी) गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।

बेलबारी नगरपालिका–८ की बालिकालाई बाबुले भदौ १ गते जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । पीडितकी आमाले घटनाका बारेमा जानकारी गराउँदै बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

Advertisement

जाहेरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले बाबुलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
मोरङको ‘साक्फारा स्टेसन’ मा सबैभन्दा धेरै ६७.४ मिलिमिटर वर्षा
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×