भोटेकोशी बाढीमा फसेका ८२९ जनाको हवाई उद्धार

Share this
623shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार ११:३९
भोटेकोशी बाढीमा फसेका ८२९ जनाको हवाई उद्धार

काठमाडौँ। भोटेकोशीमा आएको भीषण बाढी प्रभावितको उद्धार र खोजी जारी रहेको नेपाली सेनाले जनाएको छ। सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार रसुवा र नुवाकोट क्षेत्रमा नेपाली सेनाका ६ र निजी क्षेत्रका ९ वटा हेलिकप्टरद्वारा उद्धार भइरहेको छ ।

जंगी अड्डाका अनुसार अहिलेसम्म ८२९ जनाको हवाई उद्धार गरिएको छ। त्यसमा १०१ विदेशी पर्यटक रहेका छन्। सेनाले अन्य २०० जनाको जमिनबाट उद्धार गरेको छ ।

Advertisement

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको ४ हजार ५ सयभन्दा बढी फौज खटिएको छ। उक्त टोलीले खोज, उद्धार तथा राहत वितरण गरिरहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए।

भोटेकोशी बाढीमा फसेका ८२९ जनाको हवाई उद्धारसेनाले बाढी प्रभावित नुवाकोटको त्रिशूलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरेको छ। त्यहाँ ११४५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ। उद्धार र खोजीमा ड्रोन, सैनिक कुकुर प्रयोग गरिएको छ।सेनाले २० वटा ट्रकमा राहत सामग्री ढुवानी गरी हवाई साधनद्वारा वितरण गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
मोरङको ‘साक्फारा स्टेसन’ मा सबैभन्दा धेरै ६७.४ मिलिमिटर वर्षा
बेपत्ता आफन्तको खोजीमा सेनाको ब्यारेक पुगे परिवारजन
सुरुङमा फसेकाको उद्धार गर्न चीनले पठाउँदै विशेषज्ञ टोली
सुरुङमा फसेकाको उद्धारका लागि प्रयास तीव्र
अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेस नेता आङदेम्बेको माग
बाढीपछि संक्रमणको जोखिम, सतर्कता अपनाउन चिकित्सकको आग्रह
भोटेकोशी बाढीः पुनर्निर्माणमा करिब ७ खर्ब ६५ अर्ब रुपैयाँ लाग्ने अनुमान
विराटनगर इक्राहीको धान खेतमा नवजात शिशु फेला
विदेश पठाउने प्रलोभनमा लाखौँ ठगी गर्ने तीन जना पक्राउ
बाढीमा बगेको बैंकको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ
विपत्तिको चौथो दिनः शव फेला पर्ने क्रमसँगै एकीकृत तथ्यांक संकलन जारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×