भारतमा भेटियो सात वटा शव, नेपालबाट बगेर गएको आशंका

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १२, शुक्रबार १४:५५
भारतमा भेटियो सात वटा शव

काठमाडौं । भारतको सीमावर्ती क्षेत्रमा सात जनाको शव फेला परेको छ । उत्तर प्रदेशका महराजगन्ज र कुशीनगर जिल्लामा गण्डक (नारायणी) नदीबाट सात वटा शव बरामद भएको हो । भारतीय अधिकारीहरूका अनुसार बरामद शवमध्ये पाँच महिला र दुई पुरुषका छन् ।

ती शव नेपालमा आएको बाढीका क्रममा नदीमा बगेको र तीव्र बहावसँगै भारततर्फ पुगेको हुन सक्ने आशंका गरिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । हालसम्म शवको सनाखत हुन सकेको छैन ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×