
धादिङ । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस, आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा खटिएको नौ जनाको टोलीले उक्त लकर फेला पारेको हो । सशस्त्र प्रहरीको उक्त बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ राजमार्ग क्षेत्रमा माटोले पुरिएको अवस्थामा लकर भेटिएको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।
स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा आवश्यक कानुनी कारबाहीका लागि लकर नेपाल प्रहरीलाई बुझाइएको उनले बताए ।



















