बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १४, आइतबार १८:४९

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि जाजू ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ।

औद्योगिक घराना जाजू ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स लिमिटेडका प्रबन्ध निर्देशक महेश जाजूका अनुसार बाढीपीडितका लागि आवश्यक खाद्य सामग्री स्थानीय प्रशासनसँग समन्वय गरी सोमबार पठाइनेछ । सुनसरीको सोनापुरमा रहेको एसियन थाइ फुड्स लिमिटेडले राहतस्वरूप एक लाख प्याकेट रमपम चाउचाउ, एक लाख प्याकेट गुडलाइफ बिस्कुट र एक लाख प्याकेट जुस उपलब्ध गराउने भएको हो ।

Advertisement

यी सामग्रीको कुल मूल्य करिब ६० लाख रुपैयाँ रहेको जानकारी जाजूले दिए । बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको अवस्थामा तत्काल आवश्यक खाद्यान्नलगायत सामग्री उपलब्ध गराउनु प्राथमिकता भएको उनले बताए । विपद्को समयमा सरकारको उद्धार तथा राहत प्रयाससँगै निजी क्षेत्रले पनि आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्नुपर्ने जाजूको भनाइ छ ।

‘विपद्को यो कठिन अवस्थामा सरकार उद्धार र राहतमा जुटिरहेको छ । यस्तो अवस्थामा निजी क्षेत्रको पनि सामाजिक दायित्व हुन्छ । त्यही दायित्व र उत्तरदायित्वलाई आधार मानेर हामीले सक्दो सहयोग गरेका हौँ,’ जाजूले भने ।

उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामग्री उपलब्ध गराउन निजी क्षेत्रले आफ्नो क्षमताअनुसार योगदान गर्नुपर्ने बताए । आवश्यकताअनुसार आगामी दिनमा थप सहयोग गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

पूर्वी नेपालको औद्योगिक क्षेत्रमा सक्रिय जाजू ग्रुप र शारडा ग्रुपले सञ्चालन गर्दै आएको एसियन थाइ फुड्सले यसअघि पनि सामाजिक तथा मानवीय सेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्नु उद्योग व्यवसाय क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएकाले राहत तथा मानवीय सहयोगका गतिविधिलाई निरन्तरता दिने जाजूले बताए ।

उनले संकटको समयमा राज्य र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै राहत तथा उद्धारका काममा निजी क्षेत्रको समन्वय र सहयोग आवश्यक रहेको बताए ।

तपाइको प्रतिक्रिया
बाढीपीडितको उद्धार र राहतमा सरकार युद्धस्तरमा : प्रधानमन्त्री
न्युरो कार्डियो अस्पतालको २६ औँ वार्षिकोत्सवमा म्याराथनदेखि स्वास्थ्य शिविरसम्म
न्युरो कार्डियो अस्पतालको २६ औँ वार्षिकोत्सवमा म्याराथनदेखि स्वास्थ्य शिविरसम्म
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
जीवन विकासको विशेष साधारणसभा: युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
एभरेस्टको पौडीमा धावा र आश्ना उत्कृष्ट 
बाढीपीडितका लागि जाजू ग्रुपको ६० लाखको राहत, तीन लाख प्याकेट खाद्य सामग्री पठाइँदै
विपद्को दशक : भूकम्पदेखि बाढीसम्म, नेपालले गुमायो १४ हजारभन्दा बढी नागरिक
कुन जलविद्युत् आयोजनामा कति सम्पर्कविहीन ?
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढी प्रभावित बोकेको बस दुर्घटनामा ३२ जना घाइते
बाढीमा ज्यान गुमाउनेको संख्या आठ सय नजिक
बाढी प्रभावितका लागि युएईद्वारा १० मिलियन डलर सहयोगको तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×