मेलामा कुटिएका शिक्षकको मृत्यु, ११ जना पक्राउ

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०६:१५

भोजपुर । भोजपुरमा भदौरे मेला घुम्न पुगेका खोटाङ घर भएका एक जना शिक्षकको कुटपिटबाट मृत्यु भएको छ । साल्पासिलिछो गाउँपालिका–५ मा लागेको मेलामा खोटाङको केपिलासगढी गाउँपालिका–७ सुँदेलका ३९ वर्षीय शिक्षक भानुभक्त राईमाथि कुटपिट भएको थियो ।

प्रहरीका अनुसार भदौ ११ गते पुरानो रिसिइबीका कारण राईमाथि कुटपिट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुटपिटका क्रममा ढुंगासमेत प्रहार गरिएको प्रहरीले जनाएको छ।

Advertisement

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केपिलासगढी –७ का २१ वर्षीय सागर कोयी राई, २१ वर्षीय प्रतीक राई, २५ वर्षीय निशान राई, २३ वर्षीय सुशील राई, ३२ वर्षीय अमर राई, ३० वर्षीय उमेश दुमी राई, ३५ वर्षीया तारादेवी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेजकुमारी राई, १९ वर्षीया देविका राई र २० वर्षीया चन्द्रकला राई छन् ।

पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत भोजपुरबाट पाँच दिनको म्याद थप गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×