मोरङको मिक्लाजुङबाट तीन थान भरुवा बन्दुक बरामद

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार ०७:३०

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–६ लालमारीस्थित मयुर सामुदायिक वनबाट प्रहरीले तीन थान भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकसहित त्यसमा प्रयोग हुने विभिन्न सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

चोरी–सिकारी हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ सामुदायिक वन क्षेत्रमा गस्ती गर्ने क्रममा झाडीमा शंकास्पद अवस्थामा राखिएको बोरा फेला पारेको थियो । बोरा खोलेर हेर्दा घरेलु भरुवा बन्दुक ३ थान, फलामको नाल १ थान, बन्दुकमा प्रयोग हुने १९ ग्राम २४० मिलिग्राम बारुद, फलामका ९८ वटा बेरिङ तथा १३ वटा फलामका टुक्रा बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

Advertisement

उनका अनुसार ती सामग्री झाडीमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका थिए । बरामद सामग्री इलाका प्रहरी कार्यालय उर्लाबारीमा ल्याइएको छ । बन्दुक चोरी–सिकारीमा संलग्न समूहले छाडेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

तपाइको प्रतिक्रिया
भोटेकोशी बाढी संकट : प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए जानकारी
एउटै शवमा तीन परिवारको दाबी, पहिचानका लागि डीएनए परीक्षण हुँदै
बाढीपछि मधेस प्रदेशका १५१ जना सम्पर्कविहीन
प्रहरीको कामकारबाही रेकर्ड गर्न पाउनुपर्ने माग, सर्वोच्चमा रिट दर्ता
भोटेकोशी बाढी : गम्भीर बिरामीको उद्धारका लागि हेलिकप्टर माग
भोटेकोशी बाढीपछि एक खर्बसम्मको बीमा दाबी पर्न सक्ने
घट्यो सुनको मूल्य  
सुनको मूल्य घट्यो, चाँदी स्थिर
रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनको खोजीमा उद्धार टोली परिचालन
विराटनगरको सडकमा बिरामी अवस्थामा भेटिएका पुरुषको मृत्यु
बाढीमा परेर मृत्यु हुनेको संख्या नौ सय नाघ्यो, ४२ सयभन्दा बढी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×