उदयपुरबाट १ हजार १ सय २२ किलो गाँजासहित बोलेरो बरामद, तीन जना पक्राउ

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १६:२७

उदयपुर । उदयपुरमा प्रहरीले सोमबार ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले १ हजार १ सय २२ किलो गाँजासहित बोलेरो गाडी बरामद गरेको हो ।

गाँजा ओसारपसारमा संलग्न तीन जना पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बिहान कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनमा गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त भएको थियो । सूचनाका आधारमा परिचालित प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो गाडी फेला पार्यो ।

Advertisement

जंगलका विभिन्न स्थानमा ५२ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा १ हजार १ सय २२ किलो गाँजा बरामद भएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाले बताए । गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ का ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद गाँजा, बोलेरो र पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, प्रतिकार गर्ने चेतावनी
भोटेकोशी बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टन खाद्य सामग्री पठाइयो
बाढी प्रभावित क्षेत्र पुगे कांग्रेस सभापति थापा, उद्धारमा ढिलाइ भएको स्थानीयको गुनासो
बेपत्ताका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा बाढीपीडितका लागि एक लाख सहयोग
३९ देशका ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×