बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १५, सोमबार १८:१९

विराटनगर । बाढीबाट प्रभावित परिवारलाई हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपैयाँ बराबरको हाइजिन सामग्री उपलब्ध गराउने भएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा सरसफाइको अभाव हुँदा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै कम्पनीले व्यक्तिगत तथा घरायसी प्रयोगका अत्यावश्यक सामग्री राहतस्वरूप उपलब्ध गराउने जनाएको हो । कम्पनीका अनुसार प्रभावित परिवारलाई साबुन, डिटर्जेन्टलगायतका हाइजिन सामग्री वितरण गरिनेछ ।

Advertisement

विपद्का कारण तत्काल राहत र त्यसपछिको पुनःस्थापनामा प्रभावित समुदायलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ । देवनारा ग्रुप–जाजू ग्रुपअन्तर्गतको हिमगिरि हाइजिन लिमिटेड विराटनगरले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

कम्पनीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै घाइते तथा बाढी प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । कम्पनीले विपद्को समयमा प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउनु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ ।

साथै, बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सम्बन्धित निकायप्रति सम्मान व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
दधिराज सुवेदीको स्मृतिमा पुस्तकालयको आवश्यकता र योगदानबारे विराटनगरमा चर्चा
रसुवा बाढीमा मृतकको संख्या ९३९ पुग्यो
ताप्लेजुङ गोल्डकपः विभागीय टोली पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
ताप्लेजुङ गोल्डकपः पुलिसलाई हराउँदै झापा–११ सेमिफाइनलमा 
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
भोटेकोशी बाढीपीडितका लागि एके राठी र सारडा ग्रुपद्वारा १ करोड १ लाख सहयोग
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
विराटनगरको रानी अस्पतालमा अत्याधुनिक प्रयोगशाला सञ्चालन 
भोटेकोशी बाढीपीडितका लागि आर्या न्युरो अस्पतालको सहयोग
राष्ट्रपति र प्रधानमन्त्री भेट्न रवि लामिछानेको दौडधुप
बाढी प्रभावितका लागि हिमगिरि हाइजिनले ७० लाखको सामग्री दिने
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच विपद् व्यवस्थापनबारे छलफल
रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×